गृहपृष्ठ बैतडीको खोड्पेमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

बैतडीको खोड्पेमा जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ६ खोड्पेको पनतोली मोडमा आइतबार बिहान सवा २ बजेतिर प्रदेश नं ७-००१ ज १२५७ नं को जिप दुर्घटना हुँदा  चालकको ज्यान गएको हो भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुने जिप चालक दार्चुला दुहुँ गाउपालिका २ का ३५/३६ को धनसिं बडाल रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५० मिटर तल खसेको बताउँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले घाईतेको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा पठाई उपचार भई रहेको बताए ।

जिप दुर्घटनामा घाइते भएका दार्चुला दुहु गाउपालिका ४ बस्ने वर्ष २० कि हेमन्ती बम, ३ खेती बस्ने वर्ष २२ कि द्रोपती जोशी, ४ खिमडी बस्ने वर्ष २३ को सुरेन्द्र बम, २ हिकिला बस्ने वर्ष ३८ को हरक सिंह बडाल, ४ बस्ने वर्ष ४१ को प्रेम बल्लब जोशी र दुहु ४ कै वर्ष ४१ को धनराज जोशी रहेको पाण्डेयले बताए ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु