गृहपृष्ठ सांसद रावललाई हिरासतमा राख्न दोस्रोपटक म्याद थप
सांसद रावललाई हिरासतमा राख्न दोस्रोपटक म्याद थप
प्रदेश सांसद रावल ।
बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका नेकपा सुदूरपश्चिमका सचेतकसमेत रहेका प्रदेश सभा सदस्य अक्कलबहादुर रावललाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । यसअघि प्रहरीले उनलाई चार दिन हिरासतमा राखिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालतले रावलमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको हो । रावलविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । कसुर प्रमाणित भए सांसद रावललाई ५ वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए । उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।
धनगढी उपमहानगरपालिका- ४ की २५ वर्षीय विवाहित महिलाले सांसद रावलबाट आफूमाथि दबलात्कारको प्रयास भएको भन्दै उजुरी दिएकी थिइन् । पक्राउका लागि फागुन १५ मै अदालतबाट अनुमति पाएको भए पनि प्रहरीले सांसद रावललाई फागुन २१ गते मात्रै नियन्त्रणमा लिएको थियो ।
मेयरमा पराजित रावल बाम गठबन्धनको तर्फबाट अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भएका हुन् ।
प्रकाशित समय १९:४८ बजे

















