गृहपृष्ठ ठेकदार मनोज भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

ठेकदार मनोज भेटवालद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । महानगरीय प्रहरी परिसर टेकु पुगेर भेटवालले मंगलबार आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

भेटवाल जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक हुन् । उच्च अदालत पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ । भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए ।

भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यसअघि पनि पक्राउ गरेको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब घोटाला प्रकरणमा उनी पक्राउ परेका थिए ।

प्रकाशित समय ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु