गृहपृष्ठ ‘सामान सञ्चय गर्ने प्रवृत्तिले मात्र अभाव महसुस भएको हो’
‘सामान सञ्चय गर्ने प्रवृत्तिले मात्र अभाव महसुस भएको हो’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बजारमा सामान अभाव नभएको बताएका छन् । उनका अनुसार बजारमा अहिले दैनिक उपभोग्य वस्तु नुन, चिनी, चामाल, दाल, ग्याँस आदिको अभाव छैन ।
कोरोनाको विषयमा अनावश्यक भ्रम सिर्जना गरेर मानिसहरुलाई त्रासमा पारेको उनले बताए । ‘उपभोक्ताहरुले चाहिनेभन्दा बढी सामान सञ्चय गर्ने प्रवृत्ति बढेका कारण बजारमा सामान अभाव महसुस भएको मात्र हो । वास्तवमा सामान पर्याप्त छ,’ उनले भने, ‘एउटै घरमा १५ वटाभन्दा बढी सिलिन्डर थुपारिराखेको छ, यसैले ग्याँस व्यवसायीहरुलाई नयाँ सिलिण्डर नबेच्न म आग्रह गर्दर्छु ।’
, तेल औषधीजस्ता वस्तु उपभोक्ताले बढी मात्रामा लिइरहेको हुँदा चाहिने मात्र दिन उनले सबै विक्रेतासँग विशेष आग्रहसमेत गरेका छन् । तर पनि बजारमा सामान अभाव देखिएको भन्दै गलत प्रचार भएको उनले गुनासो पोखे ।
नेपाल ग्यास वितरण संघका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठले ग्यास आउने क्रम जारी रहेको र हालसम्म कुनै अभाव नभएको बताए । भोलिका दिनमा पनि ग्यासको अभाव नहुने र भई हालेमा इलेक्ट्रक इनर्जी भएकाले समस्या नहुने उनले विश्वस्त दिलाए । यस्तै नुनमा पनि अभाव नभएको साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष उर्मिला श्रेष्ठले बताइन ।
नेपाल वितरण संघका अध्यक्ष राजेन्द्र सिंखडाले सरकारले सामान वितरणमा संवेदनशीलता अपनाउनुपर्ने बताए । सामान वितरणमा सबै सदस्यहरुलाई पनि ध्यानाकर्षण गरेको उनले जानकारी दिए ।

भाइरसलाई लिएर स्वास्थ्य मन्त्रलायले आवश्यक निगरानी, नियन्त्रण गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको सचिव यादव प्रसाद कोइराले बताए । उनले भने, ‘हामीले अहिले सजगता, सचेतना अभिवृद्विका कार्यक्रमहरु गरिरहेका छौँ ।’ सामान अभावको भ्रम फैलिएका कारण सामान सञ्चय गर्नु गलत भएको उनले बताए ।
चीनमा समेत कोरोना विस्तारै नियन्त्रणउन्मुख भएका कारण डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘अहिले देश जुन परिस्थितिबाट गुज्रिएका छ, यस्तो बेला सरकार, निजी क्षेत्र, उद्योगी, व्यवसायीहरु एकसाथ सहकार्य गरेर बढ्न आवश्यक छ,’ उनले भने ।
प्रकाशित समय १९:४८ बजे

















