गृहपृष्ठ पेस्तोल बोकेर भारत जाँदै गरेका युवक पक्राउ

पेस्तोल बोकेर भारत जाँदै गरेका युवक पक्राउ

arrest_पक्राउ_news karobar

सिराहा नगरपालिका- २१, लकडीगोठबाट सोही ठाउँ मल्हनिया बस्ने २२ वर्षीय मनोज कुमार साहलाई १ थान कटुवा पेस्तोल र गोली १ राउण्डसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लकडीगोठबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका साहलाई शंका लागि जाँच गर्दा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु