गृहपृष्ठ पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आशंकामा विप्लव कार्यकर्ता पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको आशंकामा विप्लव कार्यकर्ता पक्राउ

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विष्फोट गराउने कार्यमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा विप्लव समूह भक्तपुर जिल्ला समिति कमिटी सदस्य देव गुरुङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरूङलाई जडिबुटीस्थित सुकुम्बासी बस्तीबाट पक्राउ गरिएको हो ।

बुधबार बिहान पौने ८ बजे पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराइएको थियो । विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मेवारी लिँदै १० बुँदे विज्ञप्ति सार्वजनिक गरेको छ । १० बुँदे विज्ञप्तिमा पूर्वमन्त्री बाँस्कोटालाई विभिन्‍न प्रकरणमा मुछिएको आरोप लगाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले घटनाको भर्त्सना गरेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

 

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु