गृहपृष्ठ ओलीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज भइन्
ओलीलाई मिर्गौला दिने समीक्षा डिस्चार्ज भइन्
डिस्चार्ज हुनुअघि समीक्षा बेडमा ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला संग्राैला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी प्रधानमन्त्री ओलीको भाञ्जी नाताकी हुन् । उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन् ।
डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । भेटमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान गरेकोमा धन्यवाद दिएका थिए ।
गत बुधबार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गाैला प्रत्यारोपण गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् ।
सम्माननीय प्रधानमन्त्रीज्यूको मृगौला दाता भान्जी समीक्षा संग्रौला
स्वास्थ्य लाभगरी
अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना!— Bishnu Rimal (@BishnuRimal) March 11, 2020
प्रकाशित समय १७:१५ बजे

















