गृहपृष्ठ संसारकै उल्टो प्रकृतिको मनमोहक घर !
संसारकै उल्टो प्रकृतिको मनमोहक घर !
एउटा घर उल्टो फर्किएको त्यसमा पनि निरन्तर आवतजावत भइरहने भन्ने कुरा जो कोहीलाई पत्याउनै मुस्किल पर्छ । तर, कुनै यस्ता कुराहरु पनि हुन्छन्, जुन पत्याउनै पर्ने हुन्छ ।
संसारमा अनौठा दृश्यहरुमध्ये एउटा यस्तो दृश्य छ । जुन जोसुकैलाई लोभ्याउने र अनौठो छ । ‘एउटा घर उल्टो फर्किएको’ । यो घर अर्फिका महादेशमा छ ।
घरको छानो तल र भुँइतल्ला माथि फर्किएको । दक्षिण अफ्रिकाको हार्टबीस्पोर्ट सहरमा यस्तो उल्टो प्रकृतिको घर बनेको छ ।
जोहोनेसवर्गबाट झण्डै ७५ किलोमिटरभित्र रहेको उक्त घर अहिले भिन्न नजरमा संसारलाई हेर्न चाहनेहरुका लागि घुम्ने मुख्य गन्तव्य बनेको छ ।
सो घरमा सबै उल्टै छ । भान्छा पनि माथिबाट तल फर्किएको बनाइएको छ । जसका लागि गुरुत्वाकर्षणको उचित व्यवस्थापन गरिएको छ । त्यहाँ घुम्न जानका लागि सोमबारदेखि शनिबारसम्म खुला रहन्छ । (एजेन्सी)
प्रकाशित समय १५:२६ बजे

















