गृहपृष्ठ अज्ञात समूहले हेल्मेट प्रहार गर्दा घाइते, अवस्था गम्भिर

अज्ञात समूहले हेल्मेट प्रहार गर्दा घाइते, अवस्था गम्भिर

सांकेतिक तस्बिर ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ६, नयाँ सखुवाबजारका एक औषधी व्यवसायीमाथि आक्रमण भएको छ । आक्रमणबाट महेशलाल कर्णका २२ वर्षीय छोरा शशीलाल गम्भीर घाइते भएका छन् ।

आफ्नै औषधी पसलमा बसिरहेका उनीमाथि शनिबार राति आक्रमण भएको हो । मोटरसाइकलमा आएर दुई युवाले पसलभित्र छिरेर टाउकोमा हेल्मेटले प्रहार गरेको पीडित पक्षले बताएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट बेहोश भएका शशीको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको बताए ।

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु