गृहपृष्ठ कोरोना संक्रमणले विश्व नै आक्रान्त भइरहेको बेला उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
कोरोना संक्रमणले विश्व नै आक्रान्त भइरहेको बेला उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार
फाइल तस्बिर ।
उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो ।
विश्वभरी कोरोनाको संक्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ । कोरोनाको संक्रमणबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् ।
उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको संक्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना संक्रमित भएका छन् भने ११ हजार ४१७ जनाको मृत्यु भएको छ ।
जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । (रासस)
प्रकाशित समय १५:०४ बजे

















