गृहपृष्ठ सार्वजनिक सवारी साधनमा बढी भाडा असुल्ने २६ जना पक्राउ
सार्वजनिक सवारी साधनमा बढी भाडा असुल्ने २६ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीहरूमा बढी भाडा लिने २६ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीले आफैँ यात्रु बनेर चलाएको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् । ट्राफिक प्रहरीले शुकबार ९ जना र शनिबार १७ जनालाई पक्राउ गरेको हो ।
शनिबार पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जार बहादुर गुरुङ, विजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, बिजय तामाङ, निल बुढाथोकी, सञ्जीव भण्डारी, प्रदिप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ छन् । शुक्रबार लालकाजी घिसिङ, दिपक तामाङ, श्याम थापामगर, नरेश लामिछाने,दिलबहादुर भण्डारी, भुवन लामा, राजेन्द्र थापा, संगम दुत्त मग्रान्ती र सुब्बा बोहरालाई प्रहरीले पक्राउ गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए । पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाइएको महाशाखा प्रमुख ढकालले बताए ।
प्रकाशित समय १७:४९ बजे

















