गृहपृष्ठ माछापुच्छ्रे बैंक र महानगरीय प्रहरीको पहलमा हातधुने व्यवस्था
माछापुच्छ्रे बैंक र महानगरीय प्रहरीको पहलमा हातधुने व्यवस्था
माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरिएको छ ।
बैंकले आइतबारदेखि काठमाडौँको अत्यन्त भीडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५ हजार लिटरको पानी ट्यांकी तथा साबुन/स्यानिटाइजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे ।
अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोकलगायत काठमाडौ तथा भक्तपुरका अत्यन्त भीडभाड हुने प्रमुख १६ स्थानमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिवार्य रहेको तथा काम विशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्वजनिक स्थानमा हात धुन सम्भव नहुने हुँदा आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको बैंक तथा महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्रअन्र्तगत पर्ने भएकाले मुख्य कार्यालयलगायत सम्पूर्ण शाखाहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाइजरको व्यवस्था गरेको बैंकले जनाएको छ ।
प्रकाशित समय १५:४० बजे

















