गृहपृष्ठ कोरोना संक्रमित १ लाख जनाको सफल उपचार
कोरोना संक्रमित १ लाख जनाको सफल उपचार
नोवल कोरोनाभाइरस (कोभिड १९) संक्रमित १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । मंगलबार बिहानसम्ममा १ लाख ९८५ मानिस उपचारपछि घर फर्किएका हुन् ।
कोरोनाभाइरस सबैभन्दा पहिला देखिएको चीनको हुवेइ प्रान्तमा ५९ हजार ८८२ मानिसको उपचार सम्भव भएको छ । त्यस्तै, इरानमा ८ हजार ३७६, इटलीमा ७ हजार ४३२, स्पेनमा ३ हजार ३५५, दक्षिण कोरियामा ३ हजार १६६ र फ्रान्समा २ हजार २०० जनाको सफल उपचार भएको छ । कोरोना भाइरसमुक्त भएका उनीहरू होम क्वारेन्टाइनमा छन् ।
कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५०८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या विश्वभर ३ लाख ७८ हजार ६७९ पुगेको छ ।
प्रकाशित समय ०८:२८ बजे

















