गृहपृष्ठ ‘क्रिश्चियन धर्म मान्नेलाई कोरोनाले केही गर्न नसक्ने’ भन्दै अफवाह फैलाउने पास्टर पक्राउ
‘क्रिश्चियन धर्म मान्नेलाई कोरोनाले केही गर्न नसक्ने’ भन्दै अफवाह फैलाउने पास्टर पक्राउ
पक्राउ परेका पास्टर आचार्य ।
येशुका अनुयायी बने कोरोना भाइरस लाग्दैन भन्दै भ्रम फैलाएको अभियोगमा एक पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई पोखरा महानगर- २९ पावर हाउस बस्दै आएका केशवराज आचार्य मंगलबार पक्राउ परेका हुन् ।
आचार्यले ‘येशुको अनुयायीलाई कोरोना भाइरसले केही गर्न नसक्ने’ प्रवचन दिएका थिए । यसअघि उनले मन्त्र र रूमालबाट पायल्सलगायतका राेग निको बनाइदिने भ्रम छरेका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।
धर्मका नाममा भ्रम र अफवाह फैलाएकाले उनलाई पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । एसपी कार्कीका अनुसार आचार्यविरूद्ध प्रचलित कानुनबमोजिम कारबाही चलाइने तयारी भइरहेको छ ।
प्रकाशित समय १४:१८ बजे

















