गृहपृष्ठ विश्वभरि १८ हजार ९०७ को मृत्यु, १९२ देशका ४ लाखभन्दा बढी संक्रमित
विश्वभरि १८ हजार ९०७ को मृत्यु, १९२ देशका ४ लाखभन्दा बढी संक्रमित
१ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किए
इटालीको बोलोग्नामा संक्रमणबाट ज्यान गुमाएकाहरूको शव बोकेको सैनिक ट्रक ।
विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट मंगलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
संक्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड-१९ को संक्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ ।
चीनको हुबे प्रान्तको उहान सहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोहीबमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ ।
कोरोना भाइरस संक्रमणबाट चीनमा ३ हजार २८१ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार २१८ जना संक्रमित रहेका छन् । चीनबाट बुधबार प्राप्त एक समाचारअनुसार ७३ हजार ६५० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको संक्रमणका कारण ६ हजार ८२० जनाको मृत्यु भएको छ । हाल ६९ हजार १७६ जना संक्रमित रहेका छन् । आठ हजार ३२६ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।
इरानमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार ९३४ जनाको मृत्यु भएको छ । हाल २४ हजार ८११ जना संक्रमित रहेका छन् । सात हजार ८ हजार ३७६ जना उपचारपछि घर फर्किएका बताइएको छ ।
कोरोना भाइरसको संक्रमणको कारण स्पेनमा २ हजार ९९१ जनाको मृत्यु भएको छ । हाल ४२ हजार ५८ जना संक्रमित रहेका छन् । मंगलबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७९४ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
जर्मनीमा कोरोना भाइरसको संक्रमणको कारण १५९ व्यक्तिको मृत्यु भएको छ । हाल ३२ हजार ९९१ जना संक्रमित रहेका छन् । यसैबीच ३ हजार ९० उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ७८२ जनाको मृत्यु भएको छ । हाल ५४ हजार ८६७ जना संक्रमित छन् भने ३७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
फ्रान्समा कोरोना भाइरस संक्रमणका कारण १ हजार १०० जनाको मृत्यु भएको छ । मंगलबार प्राप्त एक समाचारअनुसार २२ हजार ३०४ संक्रमित रहेका छन् भने ३ हजार २८१ उपचारपछि घर फर्किएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको कारण १२६ व्यक्तिको मृत्यु भएको छ । नौ हजार १३७ संक्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार ७३० उपचारपछि निको भएर घर फर्किएका छन् ।
स्विट्जरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण १२२ व्यक्तिको मृत्यु भएको छ । नौ हजार ८७७ संक्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।
बेलायतमा कोरोना भाइरस संक्रमणको कारण ४२२ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ७७ संक्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नेडरल्याण्डमा कोरोना भाइरस संक्रमणको कारण २७६ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ५६० संक्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण २८ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार २८३ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
बेल्जियममा कोरोना भाइरस संक्रमणको कारण १२२ व्यक्तिको मृत्यु भएको छ । चार हजार २५९ संक्रमित भएका छन् । यसैबीच ४६१ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
नर्वेमा कोरोना भाइरस संक्रमणको कारण १२ व्यक्तिको मृत्यु भएको छ । दुई हजार ८६६ संक्रमित भएका छन् । यसैबीच ६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण अष्ट्रेलियामा ८, ब्राजिलमा ४६, स्वेडेनमा ४०, पोर्चुगलमा ३३, क्यानाडामा २६ , डेनमार्कमा ३२, मलेसियामा १६, आयरल्याण्डमा ७, पोल्याण्डमा १०, ग्रीसमा २०, इन्डोनेसियामा ५५, फिलिपिन्समा ३५, हङकङमा ४, इराकमा २७, अल्जेरियामा १९ , भारतमा ११, पाकिस्तानमा ६, थाईल्याण्डमा ४, सिंगापुरमा २, रुसमा १, पेरुमा ७, मेक्सिकोमा ४, इजिप्टमा २०, पानामामा ६, अर्जेन्टिनामा ६, लेबनानमा ४, संयुक्त अरव इमिरेट्समा २, ताइवानमा २, सानमारिनोमा २१, हंगेरीमा ९, मोरक्कोमा ५, अफगानिस्तानमा १, नाइजेरियामा १, बंगलादेशमा ४, घानामा २, सुडानमा १ व्यक्तिको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।
बुधबारसम्म संक्रमित मात्र देशहरुमा नेपाल, म्यानमार, काजाकिस्तान, कंगो, भ्याटिकन सिटी, चाड, भुटान, लिबिया, सिरिया, पपुवा न्यु गिनी, अंगोला, बेनिन आदि रहेका छन् ।
प्रकाशित समय १४:०० बजे

















