गृहपृष्ठ भारतबाट फर्केकाहरु गन्तव्यमा पुग्दै, क्वारेन्टाइनमा बस्न नमान्दा समस्या

भारतबाट फर्केकाहरु गन्तव्यमा पुग्दै, क्वारेन्टाइनमा बस्न नमान्दा समस्या

भारतका विभिन्न स्थानबाट मंगलबार गाैरीफण्टा नाका आइपुगेका नेपालीहरू।

गौरीफन्टा नाकाबाट प्रहरीको स्कर्टिङमा पठाइएका भारतबाट फर्केका सुदूरपश्चिमका सर्वसाधारण गन्तव्यमा पुग्न थालेका छन् । भारतसँगको नाका बन्द भइसकेपछि सीमा क्षेत्रमा आइपुगेका उनीहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा प्रदेश सरकार र स्थानीय प्रशासनले गन्तव्यतर्फ पठाएको हो ।

तर कतिपयले क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । कतै स्थानीयको अवरोध पनि भइरहेको छ । कतिपयले क्वारेन्टाइनमै बस्न नमानेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडेलले बताए । ‘कतिपयले घर जाने जिद्धी गरिरहेका छन् । तर स्थानीय तहले क्वारेन्टाइनमा राख्नका लागि व्यवस्थापन गरिरहेको छ,’ प्रजिअ पौडेलले भने ।

गौरीफण्टा नाकाबाट मंगलबार डोटीका दुई सय १४ जनालाई पठाइएको थियो । त्यसमा सबैभन्दा बढी शिखर नगरपालिकाका ७१ र बडिकेदार गाउँपालिकाका ५१ जना थिए । शिखर नगरपालिकाका मेयर सीताराम जोशीले नगरपालिकामै क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भएको बताउँदै उनीहरुलाई सम्बन्धित वडामा पठाउने तयारी भइरहेको न्युज कारोबारलाई बताए ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु