गृहपृष्ठ कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्दै
कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्दै
कोरोना जाँच्न प्रयोग हुने २ हजार किट्स शुक्रबार काठमाडौं आइपुग्ने भएको छ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गर्न प्रयोग हुने नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको हो ।
किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार थान किट्सको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ । त्यसका लागि एनआरएनए कोरियाले त्यहाँ नेपालीसँग सहयोग संकलन गर्न थालेको छ । एउटा किट्सको २ हजार रुपैयाँ पर्नेछ ।
कोरियामा रहेका नेपालीलाई प्रतिव्यक्ति एउटा किट्स किन्न पुग्ने रकम सहयोग गर्न आग्रह गरिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए । ‘यतिबेला नेपालले कोरोनाभाइरसका कारण जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न सम्पूर्ण कोरियाबासी नेपालीमा अनुरोध गर्छु ।’ दक्षिण कोरियामा करिब ६० हजार नेपाली छन् ।
किट्समा बिरामीको र्याल राखेर मेसिनमा स्क्यान गरेपछि तीन घण्टामै कोभिड १९ संक्रमण छ कि छैन भन्ने थाहा हुन्छ ।
प्रकाशित समय १५:४१ बजे

















