गृहपृष्ठ कोरोनाविरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

कोरोनाविरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

Donald-Trump-and-Xi-Jinping-770x433 फाइल तस्बिर।

चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेका थिए । सोही क्रममा
राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सो प्रस्ताव राखेका हुन् ।

चिनियाँ सरकारी मिडियाले आज सो विषयमा जानकारी गराएको हाे । चीन र अमेरिका पछिल्लो समयमा कोरोनाबाट बढी प्रभावित भएका छन् । तर चीनमा भने यो भाइरसको सङक्रमण नियन्त्रणमा आइसकेको बताइएको छ ।

चीनको उहानबाट निस्किएको यो भाइरसबाट हाल संसारका करिब पाँच लाख मानिस सङक्रमित भइसकेका छन् । साथै यसबाट २४ हजार भन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

चिनियाँ राष्ट्रिय प्रसारण सीसीटीभीले जनाएअनुसार चिनियाँ राष्ट्रपति सिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरससम्बन्धी सूचनाहरु आदानप्रदान गर्ने र आगामी दिनमा यसका विरुद्धमा मिलेर लड्ने प्रस्ताव गरेका थिए ।

यसैबीच आजमात्र प्राप्त समाचारमा चीनमा भन्दा बढी सङक्रमित व्यक्ति अमेरिकामा भेटिएका छन् । अमेरिकामा हाल ८५ हजारभन्दा बढी व्यक्ति भेटिएका छन् भने त्यहाँ एक हजार ३०० ज्यान गइसकेको छ । (रासस)

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु