गृहपृष्ठ ब्राउनसुगरसहित २ जना पक्राउ
ब्राउनसुगरसहित २ जना पक्राउ
बेलबारी नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब १५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने २३ वर्षीय मोहन खड्का र तेह्रथुम घर भएका ५६ वर्षीय रमेश कार्की रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को. २४ प ३२८७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १७:३९ बजे

















