गृहपृष्ठ कोरोना संक्रमितको संख्या ५ पुग्यो, एउटै विमानबाट आएका २ जनाको रिपोर्ट पोजेटिभ

कोरोना संक्रमितको संख्या ५ पुग्यो, एउटै विमानबाट आएका २ जनाको रिपोर्ट पोजेटिभ

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनी चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको देवकोटाले बताए । उनका अनुसार ती युवतीकाे अवस्था सामान्य रहेकाे छ ।

उनी यसअघि नेपालमा संक्रमण भएको दोस्रो व्यक्तिसँग एकै विमानबाट नेपाल आएको पाइएको छ । त्यही विमानमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु