गृहपृष्ठ सिद्धार्थ बैंकद्वारा कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा १० लाख प्रदान
सिद्धार्थ बैंकद्वारा कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा १० लाख प्रदान
कर्णाली प्रदेश विपद व्यवस्थापन कोषका लागि सिद्धार्थ बैंकले दश लाख रूपैयाँ प्रदान गरेकाे छ। कोरोना भाईरस (कोभिड- १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको साे कोषमा बैंकले आर्थिक सहयाेग गरेकाे हाे ।
शनिबार बैंकका प्रदेश कार्यालय प्रमुख रञ्जन कोईरालाले साे रकम बराबरकाे चेक मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हस्तान्तरण गरे ।
त्यसैगरी दैलेखको नौमुले गाउँपालिका- ३, द्वारी निवासी पदमबहादुर विश्वकर्माले पनि सोही कोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आइपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदानप्रति धन्यवाद दिदै मुख्यमन्त्री शाहीले थप सहयोगको लागि सबैलाई अपिल गरेका छन्।
प्रकाशित समय १८:२९ बजे

















