गृहपृष्ठ इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा
इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा
इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरिब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै राहत कार्यक्रम ल्याएकाे छ । २१ अर्ब ३० करोड युरो बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको सरकारका प्रवक्ता अली रावेईले जानकारी गराएका छन् ।
इरानका राष्ट्रपति हसन रौहानीको अध्यक्षतामा आइतबार राजधानी तेहरानमा बसेको कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध संघर्ष गर्न गठित समितिले अनुमोदन गरेका इरानको राज्य सञ्चालित सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ ।
राहत कायक्रमअन्तर्गत अति प्रभावित तथा गरिब परिवार, श्रमिक तथा सङ्क्रमणबाट अति प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने राबेईले आफ्नो व्यक्तिगत ट्वीटरमार्फत जानकारी गराउनुभयो ।
सन्देशमा उहाँले राहत अन्तर्गतको १६ अर्ब यूरो यस संकटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताएका छन् । राहत कार्यक्रम अन्तर्गत सरकारले ओषधिजन्य सामग्री, कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि अस्पतालमा निर्माण गरिने सघन उपचार कक्ष र अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ ।
उक्त आपतकालीन कोषको व्यवस्था बेरोजगार बिमा कोषबाट गरिने पनि उनले बताए । सङ्क्रमित सबैको उपचारको व्यवस्था सरकारले निःशुल्क गर्ने यसअघि नै राष्ट्रपति रौहानीले बताएका छन् । (रासस)
प्रकाशित समय २०:५८ बजे

















