गृहपृष्ठ क्यानडामा स्यानिटाइजरको मूल्य बढाए १ करोड डलरसम्म जरिवाना
क्यानडामा स्यानिटाइजरको मूल्य बढाए १ करोड डलरसम्म जरिवाना
प्रतिबिम्बात्मक तस्बिर
क्यानडाको ओन्टारियो राज्यले मास्क, ह्यान्ड स्यानिटाइजर, पञ्जाजस्ता वस्तुको मूल्य बढाए १ करोड क्यानडियन डलरसम्म जरिवना तिराउने घोषणा गरेको छ । एक स्यानिटाइजर कम्पनीले विपतको समयमा मूल्य बढाएर बेचेको पाइएपछि ओन्टारियो राज्यका प्रमुख फोर्डले तत्काल नयाँ जरिवाना निर्धारण गरी घोषणा गरेका हुन् ।
प्रमुख फोर्डले यस्ता वस्तुको मूल्य बढी लिने व्यक्तिलाई १ लाख क्यानेडियन डलर जरिवाना र एक वर्षको जेल सजाय हुने तथा कम्पनीहरूमाथि भने १ करोड डलरसम्मको जरिवाना तिराइने घोषणा गरेपछि स्यानिटाइजर कम्पनीले क्षमायाचना गरेको थियो । कम्पनीलाई एकपटकका लागि रकम फिर्ता गर्ने सर्तमा क्षमा दिइएको समाचारहरुमा उल्लेख छ ।
आपतकालीन व्यवस्थापन र नागरिक सुरक्षा ऐनअन्तर्गत कसैले पनि अस्वाभाविक मूल्यमा सामान बेचेको पाइएमा ७५० डलरदेखि एक लाख डलरसम्मका जरिवाना तिर्नुपर्नेछ भने कम्पनी (कर्पोरेसन)हरूमाथि १ करोड डलरसम्म जरिवाना लगाउन सकिनेछ । (एजेन्सी)
प्रकाशित समय १४:४२ बजे

















