गृहपृष्ठ कोरोनाबाट २४ घण्टामा ३ हजार ७ सयको मृत्यु, ६१ हजार संक्रमित थपिए

कोरोनाबाट २४ घण्टामा ३ हजार ७ सयको मृत्यु, ६१ हजार संक्रमित थपिए

इटालीमा ज्यान गुमाउनेमध्ये डाक्टरको संख्या नै ६१ पुग्यो

फाइल तस्बिर

नोवेल करोनाभाइरस (कोभिड १९) संक्रमणबाट २४ घण्टामा ३ हजार ७१५ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा ६० हजार ९९१ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबाट अमेरिकामा थप ५६५ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४८ पुगेको छ । त्यस्तै इटालीमा २४ घण्टामा ८१२ जनाको ज्यान गएको छ भने स्पेनमा ९१३ जनाले मृत्युवरण गरेका छन् । यससँगै इलालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५९१ पुगेको छ भने स्पेनमा ७ हजार ७१६ पुगेको छ । इटालीमा ज्यान गुमाउनेमध्ये डाक्टरको संख्या नै ६१ पुगेको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या १ लाख ६३ हजार ४७९ पुगेको छ । २४ घण्टामा करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा पनि संक्रमितको संख्या १ लाख १ हजार नाघेको छ । अमेरिकामा ३ हजार ५१२, इटालीमा ३ हजार ९८१, स्पेनमा ५ हजार २३१ र फ्रान्समा ५ हजार ५६ जना गम्भीर बिरामी छन् ।

विश्वभर कुल संक्रमितको संख्या ७ लाख ८४ हजार ३८१ छ । तीमध्ये २९ हजार ५९७ गम्भीर छन् । भारतमा संक्रमितको संख्या १ हजार २५१ पुगेको छ भने ३२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु