गृहपृष्ठ कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने पूर्वराजा शाहको घोषणा

कोरोना उपचार कोषमा २ करोड सहयोग गर्ने पूर्वराजा शाहको घोषणा

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन भइरहेको कामको प्रशंसा

सरकारले बनाएको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन्  । पूर्वराजा शाहले मंगलबार सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

जारी सन्देशमा उल्लेख छ, ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषमार्फत २ करोड रूपैयाँ नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’

‘लकडाउन अनिवार्य भएको भन्दै यसकोे पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने’ उनले बताएका छन् । राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको पूर्वराजा शाहले प्रशंसा गरेका छन् ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु