गृहपृष्ठ देशका अधिकांश भागमा हावाहुरीसहित वर्षाको सम्भावना

देशका अधिकांश भागमा हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकांश भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताए । उनका अनुसार हाल देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू-भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू-भागमा पर्ने जनाइएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भू-भागमा आंशिक बदली रही पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु