गृहपृष्ठ कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना : २ जनाको मृत्यु
कञ्चनपुर र मकवानपुरमा सवारी दुर्घटना : २ जनाको मृत्यु
काठमाडौं । मकवानपुर र कञ्चनपुरमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित सडकमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका ८ बस्ने ३० वर्षिया बिन्दा घिमिरेको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान् ३३ वर्षीय लिलामणि घिमिरेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिररहेको जनाएको छ ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित सडकमा से ६ प १९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोही नगरपालिका ९ को स्थायीबासी बिचफाटा बस्ने २६ वर्षीय दीपक सुनारको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १२:२६ बजे

















