गृहपृष्ठ छिमेकीलाई गोली हानी फरार व्यक्ति भरुवा बन्दुकसहित पक्राउ

छिमेकीलाई गोली हानी फरार व्यक्ति भरुवा बन्दुकसहित पक्राउ

कैलाश गाउँपालिका- ८, आँखेटार बस्ने ३० वर्षीय रुद्रबहादुर मोक्तानलाई भरुवा बन्दुक ३ थान, फलामको बेरिङ २ थान र लाम्चो फलाम १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३० वर्षीय लालबहादुर मोक्तानलाई गत चैत ७ गते गोली प्रहार गरी घाइते बनाई फरार रहेका मोक्तान उनकै गाई गोठमा लुकिछिपी बसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु