गृहपृष्ठ आज मौसम आंशिक बदली र बाँकी सफा हुने

आज मौसम आंशिक बदली र बाँकी सफा हुने

शुक्रबार देशभरको मौसम स्थिति आंसिक बदली र बाँकी क्षेत्रमा सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको र देशको पश्चिमी क्षेत्रका केहि भू–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित समय ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु