गृहपृष्ठ काठमाडौं महानगरपालिका ५ मा विपन्न वर्गलाई राहत वितरण

काठमाडौं महानगरपालिका ५ मा विपन्न वर्गलाई राहत वितरण

काठमाडौं महानगरपालिका वर्डा नं ५ मा विपन्न वर्गलाई राहत वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला जनप्रतिनिधिको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

शुक्रवार ७ सय ३२ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । लकडाउनको समयावधिलाई मध्यनजर गर्दै महानगरपालिकाले ३२ वटै वडामा राहत सामाग्री वितरण गरिरहेको छ । सोहीअनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सांसद नारायण सिलवालको पहलमा ५ नम्बर वडामा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको चेन तोड्न जारी लकडाउनले गर्दा दैनिक ज्यालादारी मजदुर तथा विपन्न वर्गहरू राहत पाएपछि उत्साहित छन् । वडा नम्बर ५ मा राहत पाउन बाँकी रहेका १५० जनालाई शनिवार वितरण गरिने वडा अध्यक्ष रमेश डंगोलले बताए ।

‘चामल, चिउरा, तेल, दाल, चीन, नुन, बिस्कुट, पाउरोटीलगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ, फारम भरेर कुपन लिएका राहत पाउन बाँकी परिवारलाई शनिवार वितरण गर्नेछौ ।’ वडाध्यक्ष डंगोलले भने ।

प्रकाशित समय १४:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु