गृहपृष्ठ भिरमा अड्किएकी एक महिलाको सकुशल उद्धार
भिरमा अड्किएकी एक महिलाको सकुशल उद्धार
गुल्मीमा भिरमा अड्किएकी एक महिलाको सकुशल उद्धार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ७ अर्छुङ टाकुरे भिरमा एक जना महिला अड्किएको भनि प्रहरी चौकी वामीटक्सार गुल्मीमा जानकारी प्राप्त भएपछि प्रहरी तथा नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।
नेपाली सेनाका वामी सुरक्षा पोष्ट र प्रहरीसमेत टोली खटी गई उक्त भिरमा अड्किएकी महिलालाई जीवित उद्धार गरी स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको । स्थायी वतन भारत, झारखण्ड, मधुपूर घर बताउने सो महिला २ दिन पहिलादेखि सोही भीरमा अडकिएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:०६ बजे

















