गृहपृष्ठ अमेरिकामा एकैदिन १३ सयको मृत्यु, ३२ हजार संक्रमित थपिए
अमेरिकामा एकैदिन १३ सयको मृत्यु, ३२ हजार संक्रमित थपिए
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामै १ हजार ३२१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ५ हजार ७८७ जना गम्भीर बिरामी छन् ।
यो अवधिमा ३२ हजार २४८ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १६१ पुगेको छ । अमेरिकामा सफल उपचारपछि घर फर्किनेको संख्या १२ हजार २८३ छ ।
प्रकाशित समय ०६:५३ बजे

















