गृहपृष्ठ वादी बस्तीमा खाद्यान्न वितरण
वादी बस्तीमा खाद्यान्न वितरण
वीरेन्द्रनगर नगरपालिका- ११, झुप्राखोलाको वादी बस्तीमा राहत वितरण गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले १ सय ६ घरधुरीलाई शनिबार खाद्यान्न वितरण गरेको हो ।
झुप्राखोलामा वालुवा चालेर जीवन निर्वाह गर्दै आएका उनीहरुलाई दाल, चामल, नुन लगायतका खाद्यन्न वितरण गरिएको नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनका अनुसार वडा नम्बर ११ झुप्राखोलामा स्थायी बसोबास गर्दै गरेका ४१ र वालुवा चाल्न विभिन्न स्थानबाट आएर बसेका ६५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो ।
राहत वितरणका लागि मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रयाक्टर संघ र डीजी कन्स्ट्रक्सनका केदार शर्माले ५१ बोरा चामल, ५० केजी दाल र ५० केजी नुन उपलब्ध गराएका थिए । नगरपालिकाले २६ बोरा चामल, २ बोरा दाल र एकसय ६ पोका नुन वितरण गरेको थियो ।
प्रकाशित समय १८:४५ बजे

















