गृहपृष्ठ कोरोनाभाइरस नियन्त्रणको सरकारी प्रयासबाट अधिकांश नेपाली सन्तुष्ट

कोरोनाभाइरस नियन्त्रणको सरकारी प्रयासबाट अधिकांश नेपाली सन्तुष्ट

सरकारले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयासबाट ७१.४ प्रतिशत नेपाली सन्तुष्ट रहेको अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय सर्वेक्षणअनुसार ६२.८ प्रतिशतले सन्तुष्ट र ८.६ प्रतिशत नेपालीले एकदमै सन्तुष्ट रहेको बताएका हुन् ।

सरकारले गरेका काम कारबाहीका विषयमा प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल मुख्यतः ट्विटरमा तीव्र असन्तुष्टि जनाइरहेका बेला अध्ययनबाट निकै फरक नतिजा आएको हो । त्यस्तै कोरोनाभाइरसबाट बच्ने उपायबारे करिब ९९ प्रतिशत नेपाली जानकार रहेको अध्ययनले देखाएको छ ।

अध्ययनका लागि सातै प्रदेशबाट १ हजार ११० जनाले स्याम्पल लिइएको थियो । सर्वेक्षणमा प्रदेश १ बाट १८५ जना, प्रदेश २ बाट २०१, बागमती प्रदेशबाट २६९, गणडकीबाट ९९, लुम्बिनीबाट १९१, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ९७ जना सहभागी भएका थिए । सेयर कास्ट इनिसिएटिभका मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीको नेतृत्वमा सर्वेक्षण भएको हो ।

covid19_kap_sharecast_Final

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु