गृहपृष्ठ प्रहरी अस्पताललाई २ करोड रुपैयाँको थैली हस्तान्तरण
प्रहरी अस्पताललाई २ करोड रुपैयाँको थैली हस्तान्तरण
नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा एआईजी डा. आशा सिंहले लामो समयावधि अस्पतलामा सेवा गर्ने प्रहरी कर्मचारीहरुलाई कदरपत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई नगद तथा प्रमाणपत्र र उत्कृष्ट विभागहरुलाई प्रशंसापत्र प्रदान गरिन् ।
अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर ३६औं वार्षिकोत्सव अवसरमा प्रकाशित ‘अस्पताल दर्पण २०७६’ को एआईजी सिंहले लोकार्पण समेत गरिन् ।कार्यक्रममा पूर्वप्रहरी तथा बहालवाला प्रहरी र परिवारका लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका एसएसपी टेक बहादुर तामाङले एआईजी सिंहलाई हस्तान्तरण गरे ।

साथै अस्पतालको वार्षिकोत्सवको अवसरमा आईजीपी ठाकुर प्रसाद ज्ञवालीले पठाएकाे शुभकामना सन्देश एआईजी सिंहले पढेर सुनाएकी थिइन् ।कार्यक्रममाएआईजी सिंहले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा समेत उच्च जोखिमका बाबजुद प्रहरी अस्पतालका कर्मचारीहरुले सेवा प्रदान गर्दै आएको उल्लेख गरिन्।
हालको संवेदनशील अवस्थामा उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी दृढ विश्वास र निस्वार्थ भावनासहित मानवीय सेवा प्रवाह गर्नुपर्नेमा उनका जोड थियो । विषम परिस्थितिमा सामूहिक भावना, सहकार्य र उच्च संवेदनशीलताका साथ अस्पतालको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन उनले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिइन् ।

प्रकाशित समय १७:४८ बजे

















