गृहपृष्ठ आफैँले बोकेको बन्दुक पड्किँदा घाइते
आफैँले बोकेको बन्दुक पड्किँदा घाइते
सांकेतिक तस्बिर ।
आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा घ्याङलेख गाउँपालिका- १, बुक्ति पटबाँस बस्ने ४८ वर्षीय रामबहादुर पाख्रिन बिहीबार राति घाइते भएका छन् ।
सोही गाउँपालिकास्थित जगंलनजिकै बारीमा मकै खान आएको जंगली बँदेल लखेट्न पाख्रिन तथा सोही ठाउँ बस्ने बुद्ध बहादुर बम्जनलगायत अन्य ४ जना भरुवा बन्दुक बोकी गएको अवस्थामा उक्त भरुवा बन्दुक अचानक पड्किँदा पाख्रिन घाइते भएको बताइएको छ ।
घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपश्चात थप उपचारको लागि काभ्रेस्थित धुलिखेल अस्पताल रिफर गरिएको छ ।
घटनामा संलग्न रही उक्त बन्दुकसहित फरार भएका बुद्ध बहादुरलगायत अन्य ४ जनाको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १५:५६ बजे

















