गृहपृष्ठ लकडाउनमा माछा मार्नेको घुइँचो (फोटोफिचर)

लकडाउनमा माछा मार्नेको घुइँचो (फोटोफिचर)

सरकारले लकडाउन गरेको आज १७ औं दिन बितिसकेको छ । लकडाउनको प्रत्यक्ष प्रभाव हुँदा खानेलाई छ । दैनिक रुपमा ज्यालादारी गर्ने व्यक्तिलाई दिनहुँ खाने समस्या भएपछि उनीहरुको नजरमा माछा मार्नु अनिवार्य जस्तै भएको छ । त्योभन्दा विकल्प उनीहरुसँग केही छैन ।

बिहिबार पोखरा फेवातालको छेउछाउदेखि पामे, खहरे खोला, दोबिल्ला खोलामा माछा मार्ने माझिहरुको हुल नै थियो । अधिकांश मानिसहरु लकडाउनका कारण भित्रै छन्, तर केही व्यक्ति खोलाको किनारामा त केही तालको छेउमा बल्छी जाल हान्दै माछा मारिरहेका छन् ।

कोरोना भाइरसको त्रास उनीहरुमा पनि कति पनि झल्किएको थिएन् । लकडाउनको समयमा पनि कोही रहरले माछा मार्नको लागि बाहिर निस्केका थिए त कोही बाध्यताबश ! जाल हानिरहेका एक माझिलाई लकडाउनमा किन बाहिर निस्किरहनु भएको भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘के गर्नु ! लकडाउनले बिहान बेलुका खानलाई दिँदैन, बाँच्नु त पर्‍यो ।’

राज्यले दैनिक रूपमा ज्यालादारी गर्ने व्यक्तिको उचित प्रबन्ध नमिलाउँदा उनीहरू संकटमा परेका छन् ।

प्रकाशित समय १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु