गृहपृष्ठ धारिलो हतियार देखाएर सामूहिक बलात्कार, ४ जना पक्राउ

धारिलो हतियार देखाएर सामूहिक बलात्कार, ४ जना पक्राउ

child rape_arrest news karobar

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा कैलाली गौरीगंगा नगरपालिका- ४ का २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् ।

ती किशोरीसहित ४ जना सोही ठाउँ चनौरा बस्ने आफन्तको घरमा गई राति फर्कने क्रममा सोही नगरपालिका- १, खुरखुरीयानजिकै पुग्दा मोटरसाइकलमा आएका नरेश समेतका ४ जनाले ती किशोरीसँगै आएका ३ जनालाई धारिलो हतियार देखाउँदै कुटपिट गरेका थिए ।

त्यसपछि करिब १ सय मिटर पर लगेर बलात्कार गरेको पीडित पक्षकाे आराेपछ । घटनाबारे जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार र मोटरसाइकलसमेत प्रहरीले बरामद गरेकाे छ । पक्राउ परेकाहरू उपर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु