गृहपृष्ठ ६ हजार २ सय ९९ जनाको स्वाब नमूना परीक्षण

६ हजार २ सय ९९ जनाको स्वाब नमूना परीक्षण

स्वाब संकलन गरिँदै । (फाइल तस्बिर)

अहिलेसम्म स्वाब नमूना परीक्षण (पीसीआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले कोरोना परीक्षणको दायरा थप फराकिलो बनाएको बताए ।

डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्र ५ सय ८४ वटा नमूना स्वाबकाे परीक्षण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा हालसम्म ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको उनले जानकारी दिए । र्‍यापिड डाइग्नोष्टिक विधि (आरडीटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा र्‍यापिड टेष्ट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे तथ्यांकअनुसार अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । देशैभर किट वितरण गरिए पनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु