गृहपृष्ठ जनकपुरधाममा पैसा छरेर फरार नन्द-भाउजू पक्राउ

जनकपुरधाममा पैसा छरेर फरार नन्द-भाउजू पक्राउ

arrest_पक्राउ_news karobar

जनकपुरधाममा नोट छरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभी फुटेजकाे सहयोगमा दुवै महिलालाई निवासबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, धनुषा प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेकाहरूमा जनकपुरधाम -७ का नन्द-भाउजू नाता पर्ने आमुना खातुन र अलिना खातुन छन् । उनीहरुले रकम नाेट किन छरेको हो ? भन्ने विषयमा अनुसन्धान हुन भने बाँकी रहेको डीएसपी कार्कीले बताए ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका- ६ स्थित महावीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।

छरिएका नोट कोरोना संक्रमणसम्बन्धी शंकास्पद भएकाले प्रहरीले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । अस्पतालबाट रिपोर्ट आएपछि मात्र बाँकी प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु