गृहपृष्ठ फेसबुकमा भ्रम फैलाएको अभियोगमा पक्राउ
फेसबुकमा भ्रम फैलाएको अभियोगमा पक्राउ
फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका- ७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सन्दिपले ‘ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटियो’ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका योङहाङसँग सोधपुछ भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित समय १५:२५ बजे

















