गृहपृष्ठ जनकपुरमा पैसा फाल्ने दुवै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरमा पैसा फाल्ने दुवै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुरधाम उपमहानगरपालिका -४ महावीर चौकमा गत शुक्रबार सडकमा पैसा फाल्दै हिँड्ने २ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंमा पीसीआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ देखिएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका अधिकृत डा. बिजय झाले बताए ।

शनिबार जनकपुरमा गरिएको आरडीटी रिपोर्ट भने  पोजेटिभ देखिएको थियाे । ५० वर्षीया अमना खातुन र ३० वर्षीया अलिना खातुनले सडकमा पैसा फालेर भागेको जानकारीपछि दुवैलाइ जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरेकाे थियाे ।

उनीहरूले सडकमा पैसा फ्याँक्नुको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु