गृहपृष्ठ श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा छथरजोरपाटी गाउँपालिका- ४ पानी ट्यांकी बस्ने ३७ वर्षीया धनमाया लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धनमायाका श्रीमान ४७ वर्षीय ईन्द्रबहादुर लिम्बु सोमबार बिहान मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा घरायसी विवादको कारण धनमायाले काठलगायत घरेलु हरियार प्रहार गर्दा ईन्द्र बहादुरको मृत्यु भएको खुल्न आएको हो ।

पक्राउ परेका धनमायासँग आवश्यक सोधपुछ र अनुसन्धान सुरू गरिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु