गृहपृष्ठ पत्रकारको घरभाडा मिनाह गरिदिन आग्रह

पत्रकारको घरभाडा मिनाह गरिदिन आग्रह

#Nepal_Patrakar_Mahasangh #नेपाल_पत्रकार_महासंघ #FNJ

नेपाल पत्रकार महासंघ कैलालीले सञ्चारकर्मी र सञ्चार गृहको घर भाडा मिनाह गरिदिन घरधनीहरूसमक्ष आग्रह गरेको छ । महासंघले सोमबार विज्ञप्ती जारी गर्दै लकडाउनका कारण समस्यामा परेको भन्दै सञ्चार गृह र त्यहाँ कार्यरत सञ्चारकर्मीको घर भाडा मिनाह गरिदिन आग्रह गरेको हो ।

महासंघले कोरोनाभाइरसको सन्त्रासका बिच कार्य क्षेत्रमा खटिएका सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन पनि गरेको छ । यसका साथै कुनै समस्या भए महासंघमा सम्पर्क राख्नसमेत सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

पत्रकारलाई राहत

कोरोनाभाइरसका कारण समस्यामा परेका पत्रकारहरुलाई पत्रकार महासघं कैलालीले राहतस्वरुप चामल, दाल लगायतका खाद्यान्न सामग्री सहयोग गरिरहेको छ । यसअघि फिल्डमा खटिएर काम गर्ने पत्रकारका लागि मास्क तथा सेनिटाइजर उपलब्ध गराएको महासंघले सोमबारबाट खाद्यान्न उपलब्ध गराएको हो ।

भाडामा बसेर काम गरिरहेका पत्रकारहरुलाई प्राथमिकतामा राखेर राहत उपलब्ध गराइरहेको र समस्यामा परेका सबै पत्रकारलाई राहत सामग्री प्रदान गरिने महासघंका सचिव मिन ठकुरीले बताए ।

प्रकाशित समय १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु