गृहपृष्ठ ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पीपीई हस्तान्तरण
ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पीपीई हस्तान्तरण
रेमन्ड सप र प्रभु बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय थान पीपीई हस्तान्तरण गरेको छ । सोमबार आयोजित एक कार्यक्रमबीच रेमन्ड सपका अध्यक्ष सञ्जय अधिकारीले महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई उक्त पीपीई हस्तान्तरण गरे ।
सोही अवसरमा नेपालमा पनि कोरोना भाइरस (कोभिड- १९) संक्रमितहरु फेला परिसकेको अवस्थामा सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपंक्तिमा रही जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा ट्राफिक प्रहरी सक्रिय रहेको जानकारी प्रमुख ढकालले दिए । उनले उक्त पीपीई लगाई ड्युटी गर्दा ट्राफिक प्रहरी संक्रमण हुनबाट सुरक्षित हुने र आम नागरिकहरुको पनि पूर्ण रूपमा सुरक्षा हुने बताए ।
कार्यक्रममा रेमन्स सपका अध्यक्ष अधिकारीले विपदको समयमा आम नागरिकको सहयोगको लागि सदैव क्रियाशील रहेको बताए । आगामी दिनमा पनि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न तत्पर रहेको उनले उल्लेख गरे ।

प्रकाशित समय २२:०४ बजे

















