गृहपृष्ठ २४ घण्टामै एक लाख ५ हजारमा देखियो कोरोना भाइरस
२४ घण्टामै एक लाख ५ हजारमा देखियो कोरोना भाइरस
ज्यान गुमाउनेको संख्या एक लाख ९७ हजार
कारोना भाइरसका कारण एकै दिन विश्वभर एक लाख पाँच हजारको हाराहारीमा कोरोना देखिएको छ । गएको २४ घण्टामा मात्रै एक लाख चार हजार ८१२ व्यक्तिमा भाइरस संक्रमण देखिएको हो ।
शनिबार बिहानसम्म विश्वभर कोरोना संक्रमणको संख्या २८ लाख २७ हजार ९८१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक लाख ९७ हजार ७४ जना संक्रमितको ज्यान गएको छ भने गएको २४ घण्टामै विश्वभर ६ हजार १५७ जनाको ज्यान गुमाएका छन् । त्यस्तै अहिलेसम्म सात लाख ९८ हजार ३६३ जनाको सफल उपचार भएको छ ।
सबैभन्दा बढी अमेरिकामा कोरोनाका संक्रमितको संख्या नौ लाख नाघेको छ । एकै दिनमा मात्रै अमेरिकामा ३७ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५२ हजार १६८ पुगेको छ ।
प्रकाशित समय ०७:०२ बजे

















