गृहपृष्ठ अन्नपूर्ण पदमार्गमा थप २ कोरियालीको शव फेला

अन्नपूर्ण पदमार्गमा थप २ कोरियालीको शव फेला

फाइल तस्बिर ।

अन्नपूर्ण पदमार्गमा गत माघ ३ मा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ मध्ये थप दुई जनाको शव फेला परेको छ । दुई कोरियाली नागरिकको शव शनिबार फेला परेको हो ।

पहिरोमा हराएका ४ कोरियाली र ३ नेपालीमध्ये २ नेपाली गाइडको शव यसअघि नै फेला परेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको हिंकु खोंच र देउरालीको बीचमा मोदी नदी किनारमा शव फेला परेको थियो ।

एकजना नेपाली गाइडको तीन दिनअघि मात्रै शव भेटिएको थियो । त्यस्तै १ जनाको एक महिनाअघि नै शव भेटिएको हो । २ कोरियन र १ नेपाली अझै बेपत्ता छन् ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु