गृहपृष्ठ आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने
आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने
सोमबारको मौसम चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु, स्थानीय वायु र पुर्वी भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको जनाएको छ ।
यसका साथै बंगालको खाडी, अरब सागरबाटसमेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
प्रकाशित समय ०९:१२ बजे

















