गृहपृष्ठ आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ
आफ्नै १४ वर्षीया बहिनीलाई बलात्कार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका- ९, बोडेस्थित जस्ताको टहरोमा बस्दै आएका सिन्धुपाल्चोक घर भएका २३ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै सहोदर किशोरी बहिनीलाई शनिबार राति बलात्कार गरेको भन्ने पीडितको किटानी जाहेरीको आधारमा उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको हो ।
निजउपर भक्तपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई ‘जवरजस्ती करणी तथा हाडनाता करणी’ सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रकाशित समय १८:१० बजे

















