गृहपृष्ठ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघ्यो
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार नाघ्यो
एकै दिन ६ हजारभन्दा बढीको मृत्यु
कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख १७ हजार नाघेको छ ।
बुधबार बिहानसम्म दुई लाख १७ हजार ७९३ जनाले ज्यान गुमाएका हुन् । एकै दिनमा मात्रै ६ हजार ४५० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । अहिलेसम्म विश्वभर ३१ लाख ३६ हजार १७४ जना संक्रमित देखिएका छन् । गएको २४ घण्टामा मात्रै विश्वभर ७६ हजार २२८ जनामा नयाँ संक्रमण भएको छ । कोरोनाको हब जस्तै बनेको अमेरिकामा भने ज्यान गुमाउने र नयाँ संक्रमित हुनेको संख्या अहिलेसम्म घटेको छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ९ लाख ५३ हजार ८२ जनामा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ५७ हजार ३०९ जनाको अवस्था गम्भीर देखिएको छ ।
प्रकाशित समय ०६:३३ बजे

















